संविधानको व्याख्या गर्ने अदालत किन विवादमा पर्यो?
आखिर को सही, को गलत हामीलाई बुझाइदिनु पर्यो
बार-बार भएन नेपालको थर्ड वार भयो
अदालतमा न्याय छैन लुटी खानी भाँडो भयो
यस्तो देख्दादेख्दै पनि सरकार किन मौन रह्यो?
जनताको आशमा तुषारापात पर्यो
जनताको समस्या जहाँको त्यहीँ छ
सरकारलाई काम गर्न दिएनन् भन्ने निहुँ छ
कोरोनाको तेस्रो लहर सुरु हुँदासम्म पनि सरकार मौन छ
भ्रष्टाचारी र बिचौलियाको उग्ररुप छ
सत्ता भागबण्डा लुछाचुँडीमा सरकार मस्त छ
लाज भए पो लाग्ने हो र यहाँ
कोरोना आयो भन्यो शैक्षिक क्षेत्र बन्द गरायो
तर पार्टीका अधिवेशन भने धमाधम गरायो
कस्तो हो यो कोरोना पनि काम गर्नेलाई मात्र लाग्ने रे
लुटीखाने र ठगी खानेलाई चाहिँ नलाग्ने रे!
अब त अति भयो अति धेरै चलायो तिमीहरुले राजगद्दी
अब हामी जनता नै अघि सर्नु पर्यो
गर्लान् हैन गर्छु भन्ने भाव अगाडि सार्नु पर्यो।