सोचे झैँ हुन्छ कहाँ?
खोजेजस्तै पाइन्छ कहाँ?
सोचे र खोजेजस्तै हुने र पाइने भए
हुने थियो स्वर्ग नै यही
गर्नु पर्छ आफ्नो कर्म सधैँ
फलको आशा नगरी कहिले पनि
मान्नु पर्छ आफूसँग जे छ
देख्नु हुन्न दिवा स्वप्न कहिले पनि
हुने कुरो छाड्छ, भएर नै
नहुने कुरो पाइन्न, केही गरे पनि
नहुने काम कुरोमा मरिहत्ते गर्नुभन्दा
हुने काम कुरोमा प्रयास गर्नुहुन्छ वेश
हुनु पर्छ सन्तोषी सबै, जो छ आफूसँग
अनि पो हुन्छ, सधैँ खुसी र सुखी
जे हुनु छ त्यो त भइहाल्छ, अवश्य नै
हुने कुरालाई टार्न सकिन्छ, कसैले पो र?
तर पनि छोड्नु हुन्न, प्रयास गर्न कहिले
खान हुन्न हरेस कहिले, कतै ठेस लाग्दा पनि
प्रयास गरे पुगिन्छ, अवश्य एकदिन
आफ्नो लक्ष्य र गन्तव्यमा।