हरेक साँझ रित्तो हुन्छ
थकित हुन्छ
दिनभरिको कार्यको परिणाम आलश्य हुन्छ
मेरुदण्ड भाँचिएको कल्पना गर्छ, मस्तिष्क वर्चश्व छ
भविष्यको भूतले हरेक वर्तमाको मध्यरातमा गला कसेर निमोठ्छ
युद्ध चल्छ,जँहा मुटु आफ्नै बिस्फोट हुँदा आफै शंख फुक्छ
आमाबाबाले रोपिदिएको संस्कार, नैतिकतालाई निर्वस्त्र पार्दै
पैसो बोल्छ 'अब तँ मलाई जित!'
आफैले मलजल गरेर भुसतिघ्रे बनाएका सपनाहरू
आँसुको बलेसीमा नुहाउँदै मलाई नानाथरी गालीगलौज गर्दै
मलाई नामर्द तुल्याउन लागिपरेका छन्
हरेक रात मलाई मैले जन्माएका सपनाहरू
सेतो कात्रोमा पोको पारी भष्मेस्वरसम्म पुर्याएर फर्कन्छ
तर म तिनै सपनाका डोबहरूलाई पछ्याउँदै फर्किन्छु।
मेरा सपनाहरू कति मलाई सुरुचिका जस्ता शब्दले लल्कार्छन्
तर ध्रुव बन्ने सामर्थय तुइँएको भान हुन्छ
म आफूमा आरभन देख्छु, बारबरिक देख्छु जसले
आफूसँग विजय गर्ने तागत हुँदाहुँदै फगत
आफू नै देहत्याग गर्नु परेको थियो
म अबादी खेतको बुख्याचाजस्तै भाछु
आफैले हुर्काएकाहरूले निसासिएर मार्दैछन्
काईला काकाको चिया पसलको अन्तिम कप चियालाई
चिया बनाएर सधैँको लागि आफू बन्न बिर्सिएको मलको (चियारंङ)
ढिस्कोजस्तै भएको छु
हरेक रात आज हिजोको जस्तै र भोलि आजको जस्तै युद्घ चल्छ
जहाँ जित्ने र हार्ने रात भए पनि भोग्ने 'म' हुन्छ।