ज्ञान त्यो बनोस्, सहिद ती हुन् देश निर्माणका नायक/नायिका
बन्दिनँ काबिल सहिदकी श्रीमती, सांसद बन्छे गायिका।
बनेका पहिलो सहिद, गरी राणा तानाशाहीको विरोध
धिक्कार हुँदो हो लखन थापाहरूलाई, देखेर सहिद घोषणाको होड।
सम्मान हुन्छ अमर सहिदका गरेर सपना तिनका साकार
सहिद दिवसको के अर्थ, नलिए देशले आकार।
पुग्ला र सहिद दिवसमा चढाई माला फगत
आज लेख्दैन थिएँ, बोल्दैन थिएँ, नबेगेका भए ती रगत।
श्रद्धासुमन छ ज्ञात अज्ञात सहिदहरूलाई
परास्त मिलेर गरौँ, देशका सम्पूर्ण अहितहरूलाई।