सयौँ पटक आँखा जुधेपछि
एक, दुई मुस्कान साटेपछि
भित्रदेखि लाग्ने रैछ
आत्मीय तर अपरिचित।
न त नाम, न त ठेगाना
एक पलको हेराइमा साट्ने गर्छौं
आफ्ना पीडा अनि वेदना
कहिले मुस्कुराउँछौँ त कहिले उदास हामी
आत्मीय तर अपरिचित।
न केही आशा, न गुनासो
आफू भित्रबाट कल्पनाको
न सुन्छे उसले न त केही प्रतिकृया
र पनि आत्मीय तर अपरिचित।
न दुःख साट्न मिल्छ
न खुसी बाड्न मिल्छ
उनी उतै मस्त
म यतै व्यस्त
तर पनि आत्मीय तर अपरिचित।
कुनै दिन बोलचाल होला
कुनै दिन भेटघाट होला
सुख-दुःख साटासाट होला
अनि लाग्ने छौ तिमी
आत्मीय अनि परिचित।