ऊ रुँदै गई
आकाश छुँदै गई
पलपल पलपल
मदेखि टाढा हुँदै गई।
जाने रात सुक्कसुक्क गर्दै
ऊ मेरो काखमा निदाई
गरुङ्गो मन लिई गरेँ
त्यो मुस्किल बिदाई।
खानपानको हेक्का राख्नू
भन्दै उसले बाई बाई गरी
तर्तर् तर्तर् आँसु बह्यो
जस्तै कुनै साउने झरी।
ऊ रुँदै गई
आकाश छुँदै गई
पलपल पलपल
मदेखि टाढा हुँदै गई।
दूर क्षितिजबाट उसको
एक मुठी आँसु बर्स्यो
जहाजभन्दा रौद्र ध्वनिमा
मेघ गर्ज्यो।
झरेको उसको त्यो आँसु मैले
छातीमा लगाएँ
सुखी रहे सदा तिमी
मेघसँग सन्देश पठाएँ।
ऊ रुँदै गई
आकाश छुँदै गई
पलपल पलपल
मदेखि टाढा हुँदै गई।