कविता
लेख्न खोज्छु बाको बारेमा
गजल कविता खै
किन फुरेनन्?? आमाको
बारेमा फुरे, मायाको
बारेमा धेरै फुरे, आँसुमा, हाँसोमा,
धोकामा, मिलन मा बिछोडमा
हर चिज हर समय रात, दिन
सपनी, विपनी, आफ्नो बारेमा
पनि धेरै फुरे तर
किन फुरेनन् बाको बारेमा??
खै फुराउन नचाहेर हो कि?
या शब्दै न भेटेर हो,
या मेरा बा नै उस्तै भएर हो कि
मैले कोसिस नगरे र हो थाहै भएन,
समय ले कोल्टे फेर्दा, हर
समय सोच्दा
मन दिक्क भै सक्यो, दिमाग
आफैंलाई भारी भैसक्यो तर किन फुरेन बा को
बारेमा केही।।
हर पल सन्तान को खुसी चाहने
मान्छे, हर समय आफू मरेर
पनि सन्तानलाई खुसी दिने मान्छे, उनी
न घाम भने न पानी, त्यो ठन्डा दिनमा,
त्यो प्रचण्ड गर्मीमा पनि
गाउँ घर, खेत खर्यान,
भिर पाखा, गल्ली गल्ली
सहर त कहिले मरूभूमि हर कोही, हर
समय आफैंमा जलि
भित्र भित्र कति मरेर, आफन्त
र सन्तानको लागि केबल
सुख र अन्न को खोजीमा
भौंतारिए हो उहीँ मेरै बा हुन्
तर बा को बारेमा
कहिले, कहीँ, कतै, किन, केही फुरेन??
जब साँझ पर्छ हजारौं पीडाहरू
भुली, आफ्नो बालबच्चा को ओठमा
खुसी ल्याउन सयौं कथाहरू
भनी, आफ्नै सन्तान को
मुखमा खुसी देख्न चाहने महान व्यक्ति
हो उनै बा हुन्,
दिन भरी को थकान अनि त्यो भोको पेट
लिई जब खान बस्छन्,
अनि छोराछोरी को याद आई, तब
आफू एक गाँस खाई दुई गाँस
गोजीमा च्यापी लागिदिने
हो उनै अन्न दाता बा हुन्,
यति महान मान्छे भगवान्
भन्दा पनि ठूलो
उनी,,खै उही बा बारेमा कहिले किन न फुरेको
गजल कविता ??
बा आफैंमा एउटा यस्तो शब्द छ,
जो हर कोही मनन गर्दछ
र भोलिको बारेमा सोच्दछ हजारौं
सपना देख्छ मेरो बाले मलाई
यस्तो किन्दे हुन्थ्यो, ऊ
ल्याइदिए हुन्थ्यो, आस हरू
ताजै मनमा राखी एक
बालक त्यो जो आफ्नो बारेमा
सोच्दा सोच्दै, अल्लि पछि
भविष्यको चिन्ता लिई ठूलो बन्दै,
परिवार को भार काधमा लिई,
दुई चार पैसा कमाउने आस बोकी
दु:ख र मेहनत गर्दा गर्दै,
जीवन साथीको चाहना राखी,
सुख दु:ख सँगै काट्ने वाचा सँगै,
आउने सन्तान को भविष्य देखि,
हर समय मेहनत गरी,
दुई चार पैसाले जेप भरी,
हजारौं आस मन भित्र राखी!!
हो, नि:स्वार्थ माया मनमै राखी !!
आमा जतिकै माया गर्ने उनी नै बा हुन्
तर बा को लागि कहिले केही फुरेन किन???