मलाई समयको राम्रो ख्याल छ,
यो घडीमा उसको अनुपस्थिति छ।
मेरो इमान्दारितामा प्रश्न उठ्दा,
अनुशासनमा दोबाटो आइदिँदा,
मेरो व्यक्तित्वमा खोट लाग्दा,
आफैं आफैंमा द्वन्द्व उत्पन्न हुँदा,
मलाई उसको याद नआउने होइन,
म दायित्वको ख्याल नराख्ने होइन,
मलाई तिम्रो याद न आउने होइन।
याद त गाढा छ,
सम्झना धेरै छ,
तर मेरो मन
विचलित छ
तर उसको नशा छ,
तिम्रो माया छ
र द्वन्द्व जारी छ
तर संघर्ष अपार छ।
उसको माया औधी छ,
तिम्रो सम्झनामा हाल,
बेहाल छ।
तिम्रो उपस्थिति छ,
मनमा शान्ति,
चेहेरामा मुस्कान,
ज्यानमा आँट छ,
संसार जित्ने निधो छ।