कविता
लाग्छ तिमीलाई सधैंभरी हेरिरहुँ जस्तो
जुनी जुनी नछुट्टिने माया लाऊँ जस्तो
पहिलो पहिलो प्रेम थियो तिमीसँग राजा
रात लामा दिन ठूला नदेख्दा तिमीलाई प्यारा
चिठी थियो बेलिविस्तार मनका बह पोख्ने
रातैदिन तिम्रै यादमा तडपिएर बस्ने
सँगै हुँदा स्टाफ रूममा आँखा छली हेर्ने
काला गहिरा आँखामा हेर्दा मनै पग्ली हाल्ने
आजै भेटूँ अहिल्यै भेटूँ, लाग्थ्यो अँगालोमा बेरिऊँ
चोरी चोरी रातैभरि मोबाइलमै बिताऊँ
तिमी आउने बाटो हेरी आँखा दुखिसक्थे
होसमै हुन्नथें भेट हुँदा मदहोसी छाउँथ्यो
गीत लेखें कवि बने तिम्रै प्यारमा मत
छुँदा तिमीले पानी हुन्थें हुँदा तिमीसित
सल्लाघारी काँडाघारी कहाँ घुमाएनौ तिमीले
आँखा चिम्ली विश्वास गरे धोका दिएनौ तिमीले
बिहेको दिन फिक्स भयो साँचो प्यार पाएँ
सात फेरा सिन्दुर भरी मत तिम्री भएँ।।