रातो जुत्ता
सेतो ट्राउजर
पँहेलो ज्याकेट
रातो क्याप
नाइट भिजन
चश्मा
यी सबै
तिम्रै त उपहार थिए।
तिमी भन्थ्यौं नि
मेरो मायाको मुटुमा
कहिलै शिरेटो नघुसोस्
खुट्टामा
बिषाशु काँडा
कहिलै नबिझाउन
मोटरसाइकल चलाउँदा
आँखामा किरा
कहिलै नपसोस्।
हो, डियर
म तिम्रो पागल
प्रेमी
तिम्रो इशारामा
म खुबै खेलेँ
उल्टा सुल्टा
खेलहरु
तिमी
जहाँ भन्थ्यौं
जहिले भन्थ्यौं
त्यसैगरि
कि हैन र?
तर, तिमी
किन
थाहै नदिइ
एकाएक
गायब भयौ?
मलाई
सात समुन्द्र पारी
एक्लै छोड्यौ ?
तिमी गएको खवरले
मलाई हृदयघात भयो
लड्दा
खुट्टामा फलामको किल्ला
बिझ्यो
टिटानस पछि
खुट्टा काट्नु पर्यो
पल्टेकै समयमा
आँखामा किरा घुस्यो
एउटा आँखाको ज्योति नै गुम्यो।
त्यसैले आज
म बेडमा छु
समयको चक्रब्यूहुमा
तिम्रा यादहरु भूल्न
प्यालाहरुको बेहोसीमा
निदाउँछु
तर पनि
नयनहरू तिम्रो
आगमनको
प्रतिक्षामा छन् ।
डियर
तिम्रो त्यो
उर्बसी रुप
त्यो सम्मोहन
त्यो प्यार
साँच्ची तिमी फेरि
कहिले मेरो लागि
रातो गुलाब
बोकर आउँछ्यौं?