कविता
बा ढुंगा नहान्नु होस्
उ प्रहरीलाई लाग्छ
अनि कसले खोजी दिन्छ
म जस्तै सानोमा कोही हरायो भने
बा ढुंगा नहान्नु होस्
उ प्रहरीलाई लाग्छ
अनि कसले बोकी दिन्छ
विपदमा तपाईं भोक भोकै हुँदा राहत
बा लुकीलुकी इँट्टा नफाल्नु होस्
उ प्रहरीको हातमा लाग्छ
अनि कसले लेखी दिन्छ
छिमेकीले सीमा मिच्दाको उजुरी
बा ढुंगा नहान्नु होस्
उ प्रहरीको आँखामा लाग्छ
अनि कसले हेरी दिन्छ
तपाईंको छोराले बाटो बिराउँदा
बा ढुंगा नहान्नु होस्
उ प्रहरीको टाउकोमा लाग्छ
अनि कसले दिन्छ सीमा उभिएर
शिर ठाडो पार्ने अवसर
बा
विद्यालयबाट फर्कंदा फर्कंदै म हराँए भने
कसलाई भन्नु हुन्छ पहिला म हराएको खबर
कसैले आफ्नो घरको ताला फोर्यो भने
कसलाई गर्नु हुन्छ पहिलो कल
र माग्नु हुन्छ सहयोग
बा ढुंगा नहान्नु होस्
उ प्रहरीलाई लाग्छ
अनि उ अशक्त भयो भने कसले गर्छ
दिदीको इज्जत र माताको सुरक्षा