कविता
ढुंगा मुडाले दुख्दैन मेरो देश
बुद्धको आँखामा रमाएको छ
पानीको फोहराले भिज्दैन मेरो तन
राष्ट्रियताको तातो ओझल छ !
मागेको त केही थिएन
चाहेको पनि कुर्सी हैन
भोको पेट र नांगो आङले
सपना पनि ठूलो देखेको थिएन!!
खै, कहाँ निर चुक्यौं हामी?
खै कहाँ निर भुल्यौं हामी
राष्ट्र र राष्ट्रियताको लागि
खै कहाँनिर चिम्लेउ हामी!
भन्छन्, बुद्धको देश हो
शान्तिको गहिरो छाप छ
बसुधैब कुटुम्ब कम नै
हाम्रो एउटै नाता छ!!!
हाम्रो हाम्रो भन दै हामीले
राम्रो जति लत्याई दियौं
नाता र वादको भूमरी भित्र
राष्ट्रियतालाई नै भजायौं!
कहिले फिर्छ विवेक हाम्रो
कसले बुझ्छ पीडा व्यथाको
यस्तै हो भने हामीलाई
धिकार्नेछ इतिहासले भोलिको!