कविता
मलाई देखेर मुस्कुराउने मध्येका
मलाई सम्झेर मुस्कुराउने मध्येका
मेरा लागि मुस्कुराउने मध्येका
मुस्कानहरूमा
एउटा मुस्कान औधि मनपर्छ
जसमा,
मुस्कान मन्द मन्द छ
मैले मात्रै बुझ्ने सुगन्ध छ
भर्खरै फुलेको फूल छ
पूर्णिमाको जुन छ
मेरो जिन्दगानी छ
तिर्खा मेटाउने पानी छ
हृदयमा लाग्ने गोली छ
मैले मात्रै सुन्ने बोली छ
साँच्चै उनको मुस्कानमा
मेरो संसार छ
प्यार छ .....
मलाई एउटा मुस्कान औधि मनपर्छ