नारी सृष्टिको एक सुन्दर संरचना
नारी मायाकी खानी, करुणाकी रानी
नारी जान्दछिन् माया, ममता र स्नेह गर्न
दुःखमा चुहाउँछिन् दुई थोपा आँसु
क्षणभरको सुखमा पनि हुन्छिन् खुसी
भुल्छिन् सबै दुःखकष्ट
घरलाई बनाउँछिन् स्वर्गसरी
यस्ती हुन्छिन् नारी
नारीको रुप हुन्छ अनेक
छोरी, बहिनी, श्रीमती र आमा
रुपैपिच्छे हुन्छ व्यवहार छुट्टाछुट्टै
छोरीलाई गर्भदेखि नै हुन्छ प्रयास मार्ने
जवकि ती छोरीले
गर्भबाटै चिच्याई-चिच्याई भन्छिन्
आमा म बाहिर आउन चाहन्छु
यो सुन्दर संसार हेर्ने छ रहर
म पनि पढन चाहान्छु
बन्न चहान्छु देशको असल नागरिक
र, गर्न चहान्छु देशको सेवा भेदभावरहित
तर आमा कति हुन्छिन् विवश
किनकि परिवारलाई चाहिएको हुँदैन छोरी
जब नारी लिन्छिन् बहिनीको रुप
जसलाई बोल्ने, हाँस्ने, लगाउने पढ्नेलेख्ने र घुमफिरमा लगाइन्छ बार
उसको मनमा कति हुन्छ इच्छा,आकांक्षा जसलाई कुल्चिन बाध्य हुन्छिन्
छटपटिन्छ, रुन्छिन्, कराउँछिन् तर उसको आवाज सुन्ने कोही हुँदैन
साथीभाइ, इष्टमित्र, आफन्त तथा छिमेकीले गाडेको हुन्छ आँखा उसको यौवनमा
तब पनि समाजको अगाडि
दोषी बन्छिन् ती नारी, उसको यौवन र सुन्दरताले
यस्तो राक्षस जात मानिसको भीडमा किन जन्मदियो दैव भनेर कल्पिन्छिन् आमा
कल्पिन्छिन् एउटी नारी, पिल्सिन्छन एउटी नारी
नारी श्रीमती भई भित्रिन्छन् श्रीमानको घरमा
नारीको परिचयमा हुन्छ परिर्वतन पुनः अनेक रुपमा
सबैथोक भुलेर गर्छिन् सेवा सासूससुरा र परिवारको
परिवारको मानसम्मान, इज्जत प्रतिष्ठा बढाउन गर्छिन् संघर्ष
गर्छिन् सबै कर्तव्य पूरा आफ्नो भाग्य ठानेर
तर पनि उनी हुन्छिन् पराई घरको छोरी
कहिले हुन्छ नारीको पहिचान भनेर
सोच्छिन् नारी ऐनामा आफैलाई नियाली एकफेर
जब नारी हुन्छिन् असहाय, विधवार कमजोर
अनि लगाउँछन् विभिन्न लाल्छना, बन्छिन् अल्छिन र बोक्सी
यी शब्दहरूले नारीलाई कति पिडा बनाउँछ भन्ने कसले बुझेको छ र!
तैपनि जिउनु छ नारीलाई सबथोक सहेर
हाँस्नु छ सबै कुरा बिर्सेर
कहिले परिर्वतन होला नारीलाई हेर्ने दृष्टिहरू?
कहिले परिर्वतन होला विभेदीकरण निमार्ण गरेका हाम्रा समाजहरू?