कुनै एक पल पनि पछुतो नहोस्,
आमालाई छोरो जन्माएकोमा,
दिदीलाई भाइ जन्मेकोमा,
बहिनीलाई दाइ भएकोमा,
प्रियसीको जीवन साथी भएकोमा,
सासू आमाको ज्वाइँ भएकोमा,
सम्बन्ध सम्बन्धमा प्रेम होस्।
यात्रामा दुःख परेको नारीलाई
जिम्मेवारी पूरा गर्न सकूँ,
धारे हात लगाएर सराप्ने हैन,
दुखित मुहारमा मुस्कान छर्न सकूँ,
दाइ सम्झिऊन्,भाइ सम्झिऊन्,
छोरो सम्झिऊन्, नाति सम्झिऊन्,
यात्रा यात्रामा प्रेम होस्।
हरेक नारीलाई पारिवारिक नजरले,
हेर्न यदि सधैं सकियो भने
नारीको लाज लाई ढाक्न सकियो भने
हरेक चित्कारलाई रोक्न सकियो भने
एसिड आक्रमण, बलात्कार, हत्या हिंसा
समाज बाट हराउँदै जानेछन्,
मानव मानवमा प्रेम होस्।
दाइजोको निहुँमा बुहारी नमरून्,
स्कुल जाँदै गरेकी बहिनी बलात्कृत नहुन्
जवानी दिदीलाई निर्वस्त्र नपारियोस्,
बुढी आमालाई वृद्धाश्रम नपठाइयोस्,
कञ्चन पानी जस्तै शुद्ध होऊन्,
तुलसीजस्तै मगमगाइरहून्,
पाइला पाइलामा प्रेम होस्।
कोही सँग पनि नारी डराउन नपरोस्,
समाजमा भयभित वातावरण नबनोस्
महिला मैत्री बनून्, हरेक घर, अफिस हरू,
स्वार्थ नभरियोस् कुनै पुरूषको मनमा
हरेक नारीलाई सम्मान गर्ने मुटु होस्,
हरेक क्षेत्र क्षेत्रमा प्रेम होस्।
अन्त्यमा,
हरेक दुःखमा साथ दिन सकूँ प्रियसी,
हरेक सुखमा मुस्कुराइरहन सकूँ
हरेक समय प्रेम सुम्पन सकूँ
पाइला पाइलामा सहयात्री बन्न सकूँ,
जे छ त्यसमै रमाइदेऊ तिमी गुनासो नगरी,
उदाहरणीय जोडी बन्न सकूँ।
हरेक धड्कन धड्कनमा प्रेम होस्।
नारी दिवसको सबैमा शुभकामना २०७८