एकदिन आउँछ
जब तिमी जुन बाटो हिँडछौ
त्यहीँ फुल्छन् वसन्तको पहिलो फूल
तिमी जुन पनि झरनालाई छुन्छौ
सबसे मिठो हुन्छ त्यसको पानी
जुन पनि ढोका
तिम्रो हातले ढकढकाउछौ
खुसी त्यही आउँछ सबसे पहिले
जोसँग पनि गर्छौ तिमी बातहरू
ऊ घृणा गर्न सक्दैन
फेरि कहिल्यै कसैलाई
जसको पनि काँधमा हात राख्छौ
सबै दुख सहन सक्ने
शक्ति आउँछन् ती काँधमा
जुनै पनि आँखामा हेर्छौ तिमी
ती आँखाबाट देखिने सबथोक
वसन्त ॠतु हुन्छ
जो व्यक्तिसँग तिम्रो प्रेम हुन्छ
चाहन्छौ जसलाई मनको गहिराइबाट
सबै कमजोर हुन्छन् उसको सामु
चैतभन्दा ठिकअघि
पत्रहीन बनेका ती रुखहरूमा
रंग देखिन थाल्छन्
ॠतु भिज्नेछन् बिहानीको शीतमा
त्यसरी नै जानेछौ एकदिन
मेरा इच्छा, दुःख र सपनाको बीच हुँदै
एकदिन आउँछ
जब म दुखी हुन्न तिमीलाई लिएर
तिमीलाई दोष दिनेछैन
आश पाल्ने छैन
तर साँच्चै तिमीलाई चाहन्छु
तिमी पनि महसुस गर्नेछौ
मेरो प्रेमको ताप।