शिशिरको हाँगाबाट स्वफूर्तमा टुटेर
पवनको सतहमा भारी बिसाएर
अनन्त खुला निलो गगन छोडेर
चिरबिर मधु श्रवन, चरी सुर गाएर
सौर्य स्पर्शको अगाध स्नेह पाएर
विक्राल बादलको तरिलो जल त्यागेर
जन्मको त्यो काल, बाल्यकाल सम्झेर
जवानीको उर्जामा पलेको सपना गनेर
धेरै अधुरा थोरै पूरा कार्य थन्काएर
धर्तीको सामीप्यमा लिन हुँदै गएँ
सास छोडेर
वसन्तको आगमन हुँदै थियो
म टुटेर
सदाबहार रङ्गिन देखिन, समयको घेरामा
एक बार देहको भारी बिसाएर
आत्मारिक्त अवस्थामा जागरण बसेर
उर्जाका लेनदेन चक्र, एक घरी रोकेर
धर्तीको सामीप्यमा लिन हुँदै गएँ
सास छोडेर
वसन्तको आगमन हुँदै थियो
म टुटेर।