ऊ हिँड्यो
हिँड्छ
दौडन्छ पनि
कहिलेकाहीँ
लड्छ पनि
नमज्जासँग
बग्छ नदीभन्दा
वेगले
पोखिन्छ
कहीँ?
कतै?
पैताला टेक्ने
जमिन बन्न!
झर्छ
कहिल्यै?
दु:ख ढाक्ने
पर्दा बन्न
बनिदिन्छ
बुद्ध अनि
बम पनि
बयान गर्छ
एक्लै आफ्नो
सुन्दरताको
अनि क्षणमै
हराउँछ पनि
सूक्ष्म शरीरभित्रको
श्वास यो हावामा
विलय भए जसरी।