निलो आकाशमुनि
कालो बादल छाएको बेलामा
कलकल बग्दै गरेको जलमा
नाङ्गो धर्ती लजाउँदै समाधि लिन्छ।
नाङ्गो धर्तीले लजाउँदै समाधि लिएको पलमा
प्रकृतिले म मानवलाई
'मलाई नङ्ग्याई आफू भरिभराउ हौ न अझै' भनी गिज्याउँछ।
म मौन छु
तिमी मौन छौ
हामी सम्पूर्ण मानव जगत मौन छौँ
नाङ्गो धर्तीले लजाउँदै जलमा समाधि लिइरहन्छ।
म चिच्याउँछु
म कराउँछु
तिमी पनि त्यही गर्छौ
हामी सम्पूर्ण मानव जगत त्यही गर्छौं
अझ नाङ्गो धर्तीले लजाउँदै समाधि लिइरहन्छ।
धर्तीले किन यसरी समाधि लिँदैछ?
के हामी अनविज्ञ छौँ?
सायद नाङ्गिएर पो हो कि
एकपटक धर्तीलाई हरिया फरिया ओढाएर हेरौँ न
त्यसो गर्दा
कलकल बगेको जलमा आफू पनि लाजले सँगै नबग्ने पो हो कि
धर्तीले पुनः समाधि नलिने पो हो कि।