यो बाढी
यो पहिरो
सडकको बेहाल भो
प्रकृतिले मच्चाएको वितण्डा
टाउकाले थाम्न गाह्रो भो
जे जति खति
अति भो आमा!
बारेकोट मात्र हैन
पहाडका गरिब घर परिवारमा
न खाने अन्न छ
न फेर्ने नाना
कालभरि
बाँच्न गाह्रो भो आमा!
सिन्धुपाल्चोक, काठमाडौँ,
दार्चुला, तनहुँ, गोरखा
जताततैल मान्छे मरे
वर्षा थाम्ने छाँट छै न
खोला, खहरे थामिँदैन
कसले बुझ्छ आमा
बाँचेका गरिब अधमरो परे!
खेत बगे, घर गोठ बगे
पशुपंक्षी बगे, बगे गाडी पनि
बगे बग्रेल्ती सपनाहरू बगे
बगे विकासका संरचना बगे
जनधन बगे
बगे समृद्धिहरू आमा!
धेरै तिरको सम्पर्क टुटेको छ
रक्त नली फुटेको छ
ठाउँ कुठाउँ झरेका पहिरोले
समथरका घरबाली छोपेको छ
मुसलधारे वर्षा
रमाई-रमाई दर्कँदैछ।
मुटुले ठाउँ छाडिसक्यो
लाग्छ आमा-
अब कोरोनाले हार्ला
जोगिँदैन आमा
यस वर्षाको भल, बाढीले मार्ला।