जन्मपछि छ मृत्यु अवश्यमय
फरक छ मात्र अल्प र दीर्घ कालको
न वशमा नै राख्न सकिन्छ यसलाई
न स्वेच्छामा नै चलाउन सकिन्छ यसलाई।
भन्देन यसले धनी र गरिब
छुट्याउँदैन यसले उच र निच
भन्दैन यसले आफ्नो र पराई
राख्दैन यसले बाँकी सज्जन र दुर्जन।
भन्छन् पुगिन्छ स्वर्ग गरे धर्म
भन्छन् परिन्छ नर्क गरे पाप
तर प्रमाणित गर्न सकेन कसैले यहाँ
स्वर्ग र नर्कबाट फर्केर कोही।
न त पैसाले खरिद गर्न सकिन्छ यसलाई
न त जालझेल गरेर नै आफ्नो वशमा राख्न सकिन्छ यसलाई नै
न त डर धम्की देखाएर नै तर्साउन सकिन्छ यसलाई
न त राजनीतिको दाउपेचमा नै फसाउन सकिन्छ यसलाई नै।
मानिस पुगे चन्द्रलोक, अन्तरिक्ष
पुगेर कोही फर्कन सकेन मृत्यु लोकबाट
विज्ञानले देखाए चमत्कार धैरै धैरै,
अनि वैज्ञानिकले पत्ता लगाए धैरै-धैरै कुराहरू।
सकेन कसैले पराजित गर्न यसलाई
सकेन कसैले बन्धनमा राख्न यसलाई
न त जिउँदो बनाउन सके कसैले मृत शरीरलाई नै
छ मृत्यु नै जीवनको यथार्थ सार।