कस्तो-कस्तो गहिराइमा पुगेथेँ
कुन सागर भित्र-भित्रै
कुन समुन्द्रको छालले एकै पटक
हुत्याइदिएछ!
किनारै किनार बालुवाको संसारमा
खोक्रो-खोक्रो बालुवाभित्र
कति नै भेटिन्छ र
सत्यता!
मौनताभित्र भिजेका परेलीहरू
बालुवाका साना-साना कणसरि
फुङ्ग-फुङ्ग उडेको धूलोभित्र
म भने खोजिरहेछु पोखिएको घाउ
रित्तिएको आँखाभरि
खोजिएको त्यो प्रिय जिन्दगी
केवल घात प्रतिघातभित्र
बचेको एउटा सानो आशाका
मधुर किरणभित्र
निभ्नै लागेको जिन्दगी
फेरि पनि
मधुर आशाबीच मुस्कुराउन खोज्दैछ
यो जिन्दगानी।