यो समयको शीर्षक के राखुँ म?
मथिङ्गकलभरि डुली हिँड्छ एक अमूर्त मनोदशा।
कुन माध्यमले अभिव्यक्त बनुँ?
कुन शब्दले सम्बोधन गरुँ?
यत्रतत्र छरपस्ट छन्, निरीह/निन्याउरा शब्दहरू
यीमध्ये कुनले अभिव्यक्त गर्छ मलाई?
कुनले निखार्छ मेरो मथिङ्गल?
यतिखेर प्रारब्ध खिलाफमा छ
नियतिले बाटो छेकेको छ
किल्किलेमा अड्केका छन् शब्दहरू
मथिङ्गलको मनोदशा बनेको छ- आवारा।
कि अलि बढी, कि अलि कम
छैन शब्दको गुरुत्व, ठिक्कछ वा सो सरह
ठिक यस्तो बेला म कुन शब्द छानुँ?
कुनलाई नछानुँ?
मथिङ्गलभरि डुली हिँड्छ एक अमूर्त मनोदशा
यो समयको शीर्षक के राखुँ म?