तिमी त
शब्दहरूको माला उन्न
खुब सिपालु छौ
मेरा दुःख भरिको
फूलबारीमा हुर्केका
दुःखका फूलहरूका
माला उनेर
ती
सिंहदरबारका बडेमानहरूलाई
लगाइदेऊ
एकैछिन भए पनि
अभावको आँगनसम्म
पुग्नेछन्
अनि झूटको
मौलाउँदो
बारीमा
थप मलजल गर्नेछन्
सपना देखाउने छन्
र आशाहरू बाँड्नेछन्
अनि
छुट्टिँदा यति भन्दै
छुट्टिनेछन्
भोट मेरै पार्टीलाई है?