मलाई दुःख हुन्छ भनेर होला
थोरै पनि कामधन्दा गर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ।
आफ्नै सन्तानलाई पनि कहिल्यै
ठूलो स्वरमा बोलिनौ, बोल्न सिकाइनौ
भएभरको पीडा सह्यौ स्वयंले
बाहिर खोलिनौ अनि खोल्न सिकाइनौ।
बैगुनीलाई गुनले मार्नुपर्छ भन्दै
गुनै गुन गर्यौ, बैगुन गर्न सिकाइनौ
तिमीलाई पछि धकेल्ने धेरै थिए
पछाडि सरिनौ अनि सर्न सिकाइनौ।
मैलेभन्दा संसारलाई पक्कै चिनेकी हौली
चिनेजस्तो गरिनौ अनि चिन्न सिकाइनौ
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ।
स्वार्थी हुन्छ दुनियाँ भन्ने पक्कै जानेकी हौली
जाने जस्तो गरिनौ, जान्न सिकाइनौ
कति प्रहार थापिएर एक्लै सह्यौ
हानिरहे अरुले, हानिनौ अनि हान्न सिकाइनौ।
मलाई दुःख हुन्छ भनेर होला
थोरै पनि कामधन्दा गर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ
खोक्रो माया देखाएर कसैलाई
फुलबुट्टा भर्न सिकाइनौ।
मैलेभन्दा संसारलाई पक्कै चिनेकी हौली
चिनेजस्तो गरिनौ अनि चिन्न सिकाइनौ
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ
आफ्ना आफ्नै हुन् भन्दै सानसँग भन्दै हिँड्थ्यौ
पैसासँग आफ्नैलाई किन्न सिकाइनौ।