कमरेड! तिमीले
फेरि पनि बहुमत
ल्याउँछु भनिरहँदा
मलाई भने अब
तिम्रा स्खलित
विचार अनि सिद्धान्तप्रति
वैराग्य लाग्यो
सम्झेर
द्वन्द्वका बाछिटा
रुकुम रोल्पाका
बंकरहरू जस्ताका त्यस्तै
छन्
कमरेड!
क्रान्तिको लागि
ती बुढी आमाले
आफ्नो सहारा
जवान छोरालाई
छातीमा औँठाछाप लगाई
नासो दिएकी थिइन्
तर
तिमीले त्यसलाई
केरकार गरी
बकस पत्र बनाई
लापत्ता
कमरेड!
अब त तिमीले
हात मिलाउँदा
पनि
क्रान्तिको ज्वारभाटा
उत्पन्न हुन छाड्यो
मनमा
खोई किन हो
किन कमरेड!
तिमीसँग
त्यत्रा छलाङ
रातहरू बिते
अक्टोबर रिसभोलुसन
मदर
कम्युनिष्ट मेनिफेस्टो
दास क्यापिटल
भनी भनी कन
गाँउ घरका
असमान
बर्लिन वालहरू
भत्काएर पनि
वस्ती-वस्ती
मकै र भटमासको
फाको हाल्दै
जनचेतना फैलायौँ
सँगसँगै
तर कमरेड!
उदेक लागेर
आउँछ अहिले
तिम्रो गतिविधिहरूले गर्दा
चुनावको कुरुक्षेत्रमा
म मलाई
तीर्थाटन गर्नलाई
मेरो बुद्धि विवेकले
दिएन
र त
त्यसैले अन्तिम पटक
लाल सलाम कमरेड!