हेर न वैशाख लागेको
तिम्रो नजिक आउने
अनि टाढा भै जाने
दिनहरूको सुरुआत
बिना बित्थामा तिम्रो समीप
फूलदानी सहित टुपुल्किएको छु
दिने र लिनेभन्दा बाहेक
तिम्रो खुसी र दुःखभन्दा बाहिर
म केही छु जस्तो लाग्छ भने
मलाई एउटा नफुल्ने फूल देऊ
जो पानी बिना पनि कमसेकम
एक जुग बाँचोस
नझाँगियोस्, नलहरियोस्
हरियो मात्र रहोस्
हरियो भइरहनु फुल्नुभन्दा
हजार गुणा गाह्रो हुन्छ रे
मलाई यस्तै गाह्रो केही देऊ
तिमीलाई नव वर्षको
हरियो शुभकामना।