एक प्रश्न,
सफलता पाउन के चाहिन्छ?
तिमीले भन्यौ परिवार र पहुँच बिना कहाँ पाइन्छ?
सम्भव तब छ, निखारेर लाग सीप र ज्ञानलाई
सफलताको शिखर चढ्नलाई
आलोचना गर परिवार अघि आफू स्वयमलाई
बलियो भएर अघि बढ्नलाई।
दोश्रो प्रश्न,
सफलता कसरी प्राप्त गर्ने?
खुड्किलो उक्लिने कसरी एक्लै सिँढी चढेर?
अनुभवी अनुभवी नै हो बनेको छ पटक-पटक लढेर
पान गर्न पाइन्छ सफलता, रिस अनि घमण्ड त्यागेर
आऊ मार अगाँलो, मनको फोहोर सबै फ्याँकेर।
तेश्रो प्रश्न,
सफलता केलाई भन्ने?
मान्ने त कयौँ होलान्, क्षणिक खुसीलाई
विषयगत रहेछ सु:खी र दुखीलाई
सफलता माछा मार्नु हैन, मराउनु हो
सम्प्रदायिकतामा खेलेर कति लाग्छौ?
अन्तिम सत्य त समाज परिवर्तन गराउनु छ।
चौथो प्रश्न,
सफलको उदाहरण को हो?
लाग्छ चिर परिचित एलोन मस्कजस्तो?
कि महावीर पुनजस्तो?
परिचय त चिनिने माध्यम मात्र होला
म त सफल उसैलाई भन्छु, अर्थपूर्ण प्रयास कसको?
पाचौँ र अन्तिम प्रश्न,
सफल तिमी कि म, कि हामी?
सुदृढ प्रयास गर्ने म सफल हुँ
इमान्दारिता देखाउँदा तिमी सफल हौ
सुदृढ प्रयास र इमान्दारीतामा हामी सफल हौँ।