पहाडको फेदीमा
एउटा सुन्दर बस्ती बसाएर
मलाया गएको धरानले
फर्केर यही घरजम गर्यो
पाखुरामा बराह क्षेत्र
निधारमा बुढासुब्बा र
छातीमा दन्तकाली बोकेको धरान
पहिले पहाडलाई नुन-तेल खेप्थ्यो
अहिले समुद्रपारको सपना पनि देख्छ
फरासिलो त छँदै छ
लागेको कुरा प्वाक्क बोल्छ
र मनको पनि सफा छ धरान
तर
आफैलाई स्थायित्व दिन
अब एउटा कुराको आँट गर्नै पर्छ धरानले
कि
बेलायती पीआर मोह त्यागेर
आफ्नै माटोमा पसिना रोप्न
आफ्नै बारीमा खनजोत गर्न
अब सुरु गर्नु पर्छ धरानले।