हिजो जहानियाँ शासन हुँदा
न स्वतन्त्रता थियो
न समानता थियो
न विकास
थिए त केवल
राजाका सालिक
आशेपासेद्वारा जयजयकार
रैतीमा सधैँ अभाव र हाहाकार
२४० वर्ष केही परिवारले मात्रै खायो
अनि जनतामा स्वतन्त्र चेतना पलायो
उठे विद्रोहका आवाज
ढले मण्डले
तर
प्रजातन्त्र अलि अधुरो भाथ्यो
बन्दुकले फेरि निरङ्कुशता लाद्यो
फेरि जनयुद्धले
रैतीलाई बनायो नागरिक
खोसिए दण्ड मुकुट, ढले केही सालिक
आफ्नो भाग्यका जनता अब आफै मालिक
सुन अङ्कल,
तिम्रो बुवाको पुस्ता असर्फीले ढोगेर कृपा पायो होला
राम्रै चाकरी गर्नेले दरबारकै भोजको जुठो खायो होला
तर तिम्रा छोरा
भतिजा
नागरिक भइसके, जागिसके सब
मार्ग परिवर्तन, यू-टर्न हुँदैन अब
बुझ भतिजा,
बदलियो व्यवस्था
बदलौँ अब अवस्था
भन अङ्कललाई अब विश्राम लेऊ
उनलाई हिजोकै स्मरणमा भुल्न देऊ
अङ्कलको स्वघोषित राष्ट्र (राजा)वाद
भतिजको गणतन्त्रसँग भयो विवाद
चाहे गर तिमी बैठक भेला, एकता, या अधिवेशन
के भन्छौ तिनलाई जो भन्छन् 'नोसन अबाउट नेशन?'
भतिज, अङ्कल किन नबुझिसेको?
कसरी होला मिलन भूत र भविष्यको?
सकियो जमाना दमन, दण्ड र गोलीको
काम गर आज, योजना बनाऊ अब भोलिको।