हामी कस्ता मान्छे?
कागजले बनेका पुतलाजस्ता
हावाले उडाउने रौँजस्ता
मात्रामा धेरै तर
वजनमा कपासजस्ता!
सिर्फ घडीमा चल्ने
सेकेन्ड सुईजस्ता
त्योभन्दा नि ठूलो
नदीमा कुदाउने डुङ्गाजस्ता
हिँड्दै छ पाइला मेट्दै छ
कागले कान नलाँदै
कागको पछि भाग्ने
त्रीलोकका विद्वानजस्ता!
न कुनै उमंग
न कुनै रंग
न कुनै दङ्ग
न कुनै ढंग
न कुनै आकार
न कुनै प्रकार
न त कुनै चाहाना
न त कुनै बहाना
सम्पत्तिमा सबैको हाईहाई
विपत्तिमा कोही छैन दाजुभाइ
भन्ने स्वलोकलाई आत्मसात गर्ने जस्ता!