एक मनुष्य
जो जन्मिएको छ
तर उसको संस्कार
जन्मिनै बाँकी छ।
गाउँमा जन्मिएकी
हरेक कुराको मूल खोतल्न बानी परेकी
उनले कहिल्यै भेटिनन्
आफ्नो अस्तित्वसँगै कमजोरीका जराहरू।
गाईवस्तु चराउँदा
असार मास रोपाइमा
हाम्रा आमाबुवाले उहाँलाई सघाउँदाका पलहरू
जसले आज
वर्षाइरहेछन्
आमाबुवालाई नै बनी गाली रूपका फलहरू।
आमा
ए आमा, खानु हुन्छ त अंगुर?
हुन्छ भनी आमाले जवाफ दिँदा
हजुरको मनमा उठेका शंकाहरू
जसले जलाइरहेछन् अहिले हाम्रो सम्बन्धका लंकाहरू।
हजुरको कपडाको टुक्रामा बेरिएको चित्तले
कहिल्यै सोचेन है हाम्रो सम्बन्ध
सुन्तलाका दुई दानामा अड्किएको हजुरको मन
अहिले वृद्धाभत्ता खोज्दै हिँडिरहेछ झन्-झन्।
ए सुन्नु न,
हजुर झर्किएर चर्किएर बोल्दाको त्यो कुरुप अनुहार
सँगै समाजिक संजालमा देखाएको
अनि आमा-बुवाको मनमा लेखाएको
ती तिम्रा वाणीहरूको प्रहार
कसरी मेटिएलान् र खोई?
खै! हजुरको मनभित्र के चलिरहेछ?
थाहा छैन
तर पनि यहाँ जलिरहेको हाम्रो मन
खोजिरहेछन् शब्दका रुपमा झन्।
जीवनले हामीलाई कहिले माथि पुर्याउला
त कहिले तल खसाउला
तर पनि आफ्नो स्वभावले
नपारोस् कहिल्यै अरुको मनमा नराम्रो प्रभाव।
ए मेरो हजुर,
हामी सबैले रोक्दा हुँदैन र रिस?
नराखौँ है सानो सोचाई सँगै साना कुराहरूमा पनि इख
जसले डोर्यारउँछ हामीलाई सकारात्मकताको बाटोमा बनी हित।