लाग्दैन लाज गरेर राज, त्यो मूर्ख मनुष्य
बाबाको ताज शीरमा आज, जान्दैन विनय
सगरको उचाइ नाप्नको खातिर बाँसलाई बनाई
बुझ्दछ उसले हुनेछ सत्य जे लाग्छ उसलाई
सुन्दछ यकिन गर्दछ बयान, भ्रम छ उसलाई
सन्सार सृष्टि उसकै हो सन्देह भए हुँदैन भलाइ
सिमसिमे पानी कोदाली छानी, पसिना बारीमा
किसानको भेष राजाको मेष, विषम् देखिन्न
बिउलाई पुँजी नालामा हली, लहलह खेतमा
जुट्दछ फगत दुई सितो अन्न, प्रस्वेदी मस्तकमा
सर्वमा श्रेष्ठ प्राणीमा आज मानव कहलाए
छुद्र र भेद खवासे मेलो यिनैले बनाए
त्यसैले आज मान्दैन लाज त्यो मूर्ख मनुष्य
सदैव यसले तर्साइरहन्छ बनेर अदृश्य।