विकास गतिमा गति सीमित लागेछ
ओई, त्यो सडकको बजेट त
नेता ज्युको खल्तीमा पो भागेछ!
नेता ज्युको भाषणले
हाम्रो सपनाको गति नाघेछ
ओई, मासु भात र दारु रे
यहाँ त वडामा दसैँ पो लागेछ।
पाँच वर्षसम्म नि
भएन यहाँ केही पनि
भन्न सक्दैनन् नेता ज्यु
आफूले गरेको काम
यहाँ हातले गनि
भन्छन् म त सरकारी सेवाले
भएछु धनी।
फोहोर जम्मा भएछ
खै कुन्नी पाँच वर्षको
विकास कता गएछ
ए ए, विकास त
बाटोमा खाल्डो पो रहेछ!