बिहान देवीको दर्शन गर्न जाँदा कमलको फूल चढाउने गर्दछु।
सूर्योदय हुने बित्तिकै दुई हात जोडी सूर्यको दर्शन गर्ने गर्दछु।।
बिहान नास्तामा मलाई एक माना गाईको दूध नभई हुन्न ।
तर, प्लाष्टिकको गिलासमा तातो कुरा कहिले पिउनु हुन्न ।।
घाममा हिँड्दा छाताले मात्र हुन्न, रूखको शीतल चाहिन्छ।
कतै भजन, किर्तन र दोहोरी गाउन परे मादलनै चाहिन्छ।।
विद्युत नहुँदा विद्यार्थीलाई पुस्तक पढ्न लाल्टीन चाहिन्छ।।
चिट्ठी पत्र लेख्नु पर्दा मलाई मसी, कलम र चश्मा चाहिन्छ।
ट्र्याक्टर जान नसक्ने डाँडा काँडामा हल गोरू नै चाहिन्छ।
धानबाली पाकेपछि बाली काट्न हँसिया नै चाहिन्छ।।
हाम्रो ट्र्याक्टर बिग्रेछ भने नट बोल्टमा हान्ने हथौढा चाहिन्छ।
ट्र्याक्टर चालक भनेर कहाँ हुन्छ आँखाले राम्रो देख्ने चाहिन्छ।।
पूजा र यज्ञादी गर्दा र मलामी जाँदा शंख राम्ररी फुक्नु पर्दछ ।
बिरामीलाई साह्रै भए बाटोमा हात उठाई गाडी रोक्नु पर्दछ ।।
सुकिलो मुकिलो टोपी कोट लाउने ती मान्छे नेताजी नै होलान् ।
यहाँ हाम्रो हैन राम्रो गर्ने नेता चाहियो अरू किन चाहिए होलान् ।
कति हुन चुनाव चिन्हहरू अलमल परी भोट केमा हाल्छन् होला।
जित्न त उसैले जित्छ, जस्ले राता रात खेल खेल्न सक्छ होला।।
विकशित देशमा राजनीतिक दल थोरै भए पनि काम चलेकै छन्।
हाम्रो देशमा यती धेरै दलहरु किन यसरी मरी हत्ते गरेका छन्।।