कविता
सुन्दै आएको
राजनीति फोहोरी खेल हो
देखेको
राजनीति जालझेल पनि हो
भोगेको
राजनीति सत्ता स्वार्थको मेल हो
जानेको
राजनीति चुनावी भेल हो
अनुभव गरेको
राजनीति शक्ति, सम्पत्ति र सम्बन्धको ठेलमठेल हो
चलनचल्तीको
राजनीति विचार हैन स्वार्थमा पाक्ने सेल हो
आश गरेको
राजनीति परिवर्तन र प्रगतिको रेल हो
नतिजा पाएको
राजनीति नारामा पास काममा फेल हो
नैतिकता तौलेको
राजनीति भित्र बाहिरका ‘प्रभु’लाई घस्ने तेल हो
जिताएको
राजनीति जनताका लागि ‘कौवालाई पाकेको बेल’ हो !
चाहेको होस् कि नचाहेको
राजनीति नफुक्लिने नेल हो!
कुत्सित स्वार्थयुक्त दलीय घेराको जेल हो !!
जसका बन्दी तपाईं हामी सबै नै हो !!!
लौ अब
फटाहाका भिडबाट असल कसरी छान्ने हो?