कुनै बेला सपनामा आउछ्यौ तिमी
साविकभन्दा कमजोर बनेर
साविकभन्दा दुब्लो बनेर
अनुहारमा कम चमक बोकेकी छ्यौ
मप्रति हेर्ने तिम्रो नजर उस्तै छ
अर्ध बेवास्ता र अर्ध स्विकारोक्तिको
डर लाग्छ गुम्छ्यौ कि भन्ने
मलाई हमेशाको लागि भुल्छ्यौ कि भन्ने
केही भयो कि भन्ने
तर म गर्छु भन्ने हिम्मत भने उस्तै छ
फेरि उस्तै र उही तवरले आउँछ्यौ
तिमी मेरो सपनाहरूमा
अर्ध मान्छेको अर्ध सपनाहरूमा
अर्ध रहरहरूमा
आधा दिएर जान्छ्यौ
अनि आधा लिएर
हो, कुनै बेला मेरो सपनामा आउछ्यौ तिमी।