बिर्सनेलाई पो सम्झी रहन्छु
जानेलाई प्रेम गर्छु
नबोल्नेको बोली मधुर लाग्छ
मलाई तिम्रो माया लाग्छ
अप्राप्य भएपछि तिम्रो ओठ मिठो लाग्न थालेको छ
सायद घृणा गर्न सुरु गरेकी छौ
तिमी अचेल अर्कै किसिमले मन पर्न थालेकी छौ
तिमी छैनौ साथमा, हुँदैनौ पनि
तर तिमी भए पनि मलाई नपुग्न थालेको छ
तिमी उता हेरुन्जेल मात्रै तिमीलाई हेरिरहन्छु
तिमी यता हेर्यौ भने
कि म उता हेर्छु
कि बर्बाद हुन्छु
यो तिम्रो आँखाको दोष हैन मायालु
यो मेरो मुटुको खराबी हो
मेरो माया लाग्छ भने मलाई प्रेम नगर।