विपरीत ध्रुव जोडिन्छ
पानीमा नुनमात्र होइन
ढुङ्गा पनि घुलिन्छ।
नित्य र अनित्य
सत् र असत्
अमृत र मृत
ज्ञान र बैराग्य
सागर र अमर
उपकार र अपकार
सुख र दु:ख
प्रकृति र पुरुष
क्या अलग छन्!
क्या मिलेका छन्!
कहिले एउटा अघि
कहिले अर्को
कहिले एउटा माथि
कहिले अर्को
बालबालिका लुकामारी खेलेजस्तो
दिन र रात मिलेजस्तो
नदेखिने गरी घुल्ने
देखिने गरी छुट्टिने।
सावधान!
विपरीत ध्रुवको मेल
कि जीवन हुन्छ
कि मृत्यु
यो अतिवाद पनि हो
जसै
शरीर र आत्मा
मिल्न सके- जीवन
छुटे- मृत्यु
जोखिम त उठाउनु पर्छ।