म त जान्दिनँ र म त सक्दिनँ
दुवै भिन्न अभिमत बोकेका शब्द हुन्
यी दुवै शब्दलाई कुल्चिन सिकाउने
पुरुष हुन् तिम्रा बाबा
दुनियाँले अट्टहास गरिरहेको बेला
छोरीलाई अभिशाप सम्झिने
त्यो दुनियाँलाई नकार्दै तिमीलाई दुनियाँ देखाउने
पुरुष हुन् तिम्रा बाबा
जब-जब मनमा संकोच पलाउँछ
अब म सक्दिनँ जस्तो लाग्छ
तब धैर्यताको पाठ सिकाउने
पुरुष हुन् तिम्रा बाबा
तिम्रा लागि भनेर
पहाड फोडी बाटो बनाउने
मनभित्र नदेखिने गहिरो प्रेम गर्ने
ज्ञानी हुन् तिम्रा बाबा।