नफालौँ जथाभावी फोहोर यत्रतत्र
फालौँ कुनै तोकिएको निश्चित स्थानमा मात्र
फोहोरलाई छुट्याऔँ घरमै दुई किसिमले
राखौँ एक ठाउँमा सड्ने अनि गल्ने चिजवस्तु
राखौँ अर्को ठाउँमा नसड्ने अनि नगल्ने चिजवस्तु
अनि दिऔँ छुट्याइ फोहोर संकलन गर्न आउनेलाई
फोहोर संकलन गर्न नआएसम्म जम्मा गरेर राखौँ घरमै
जानेमा फोहोरलाई बदल्न सक्छ मोहरमा
जान्नु पर्छ केबल फोहोर बिसर्जन गर्न मात्र
हुन त जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिड हो यो
जथाभावी फोहोर फाल्ने गर्नाले
हुन्छ वातावरण प्रदुषित अनि दुर्गन्धित
फैलन्छ सबै तिर महामारी, लाग्छ विभिन्न प्रकारको रोग व्याधी
अनि जान सक्छ ज्यान अकालमै
यसर्थ नफालौँ फोहोर जथाभावी
आफू अनि सिकाऔँ अरुलाई पनि
फोहोरलाई निश्चित स्थानमा फाल्ने गरौँ सबैले
नबनौँ कोही पनि फोहोर फाली सजायको भागी र रोगी
नगरौ फोहोरमा राजनीति कसैले पनि
नगरौ कसैले जथाभावी फोहोर फाली असभ्यको परिचय
बनौँ उदाहरण सबै सभ्य र सचेत नागरिक
गरौ सबैले आफू बस्ने ठाउँ स्वच्छ अनि बस्न लायक
अनि बनाऔँ सबैले स्वच्छ र सफा काठमाडौँ।