व्यर्थ छ तिमी नबगाऊ आँसु विदेशी माटोमा
गाएर हिँड शान्तिको भाका स्वदेशी बाटोमा
अर्काको देश, अर्काको भेष, अर्काको आँगन
वेदनाहरू मुटुमा लिई नपस मुग्लान
एकैथोपा पसिना चुहाऊ नेपाली माटोमा
नगर व्यर्थ मेहनत तिमी विदेशी बाटोमा
पैसाको लोभमा नपरौँ साथी, नछोड स्वदेश
सुन्दर शान्त देशलाई छोडी नजाऊ विदेश
नबगाऊ साथी आँसुको धारा, नजाऊ विदेश
शान्त र सुखी हरा र भरा बनाउँ स्वदेश
मूल्य छैन, मान्यता छैन, ती आँसु धाराको
गाउँदै हिँड शान्तिको भाका नेपाली नाराको।