बगरको बालुवा खाएपछि नेता
टेण्डरमा कमिसन पाएपछि नेता
सरकारी जग्गा लिएपछि नेता
प्लटिङमा करोडौँ पिएपछि नेता
क्रसरमा लगानी गरेपछि नेता
कालो धन गोजीमा भरेपछि नेता
अवैध भन्सार छलेपछि नेता
सुनले शरीर बलेपछि नेता
दुईचार जना विपक्षी ढालेपछि नेता
जुल्फी, मुद्रे, ट्यापे पालेपछि नेता
म्यानपावरमा गरिब पेलेपछि नेता
कमिसनको खेल खेलेपछि नेता
थाहा भयो? म कसरी नेता?
माथिका गुण मिलेपछि नेता।