मिर्मिरे ल्याउँछ, झुल्किन्छ त्यो सुनौलो घाम
दिउँसो तापिन्छ, बिस्कुन सुकाइन्छ
तर साँझ परेपछि कसैलाई मतलब छैन
अस्ताएको घामजस्तै बन्दैछ त्रिचन्द्र
दल छरिन्छ, उम्रिन्छ त्यो सुनौलो वृक्ष
शीतल तापिन्छ मिठो फल पाइन्छ
तर जरा मर्दै गएपछि कसैलाई मतलब छैन
ओइलाएको वृक्षजस्तै बन्दैछ त्रिचन्द्र
असार आउँछ, ल्याउँछ त्यो सुनौलो बादल
खेत जोतिन्छ, धान रोपिन्छ
तर जब छिद्र-छिद्र पर्छ कसैलाई मतलब
बिलाउन लागेको बादलझैँ बन्दै छ त्रिचन्द्र
हिउँ पर्छ, देखिन्छ मोतीझैँ यो सुनौलो हिमाल
चुचुरो चढिन्छ, फोटो खिचिन्छ
तर हिउँ पग्लिदै जाँदा कसैलाई मतलब छैन
हिउँ विहीन हिमालझैँ बन्दैछ त्रिचन्द्र।