खेदिरहन्छन् सपनाहरूले सहरमा
भेटिन्न सहारा साँघुरा गल्लीहरूमा
कोइलीको कुहुकुहु भाका नसुनेपछि
फेरि गाउँ फर्किने रहर उत्तिकै छ।
थाकिसके, गलिसके बुझिदिने र
बुझाइदिने मनहरू तर पनि
अझै गलेका छैन उर्जाहरू, सपनाहरू।
चलिरहेछन् बाजीहरू
ठूलो र सानो को हो भनी
फसिरहेछन् मानिसहरू
अन्तरमन भित्रको अन्तरद्वन्द्व भित्र
निस्कने कुनै बाटाहरू छैनन्
पजल सरि रुमल्ली रहेछन्।
कालो औंसीका रातहरूमा छरपस्ट
छरिएका सपनाहरू बिकाउने कुनै
दोकानहरू नभेटिएपछि खुइय-खुइय
गर्दै बस्ने चौतारीहरू पनि त छैनन्
अनि त चल्छ सह-अस्तित्व र आधुनिकता
बीचको लडाइ अनि त खनिन्छन्
खाडलहरू।