बुझ्दाको पिर,
नबुझ्ने किन हुन्छन् गम्भीर?
बुझ्नेले जति बुझ्यो,
त्यति नै बढ्यो पिर।
लेखपढ गरि कुरो बुझियो,
राम्रो,नराम्रो छुट्टाउन सकियो।
हाम्रो हितमा कि उहाँको?
छुट्याउनै गारो भो!
केही बुझ्ने,केही बुझ पचाउने,
अनि लोभीपापी मनको नै सुन्ने।
अरू नबुझी, नसम्झी,
बसेका धेरै हामी!
कहिले पो जाग्ने हौं?
दुई चार ठाउँमा जागे भन्दैमा,
देश बाँकी नै छ।
कहिले गाउँ फर्क,
कहिले आफ्नो गाउँ आफैं बनाउँ,
सुन्दा, सुन्दै, गाउँ त रातारात नगर भएछ।
टाठाबाठा हामी शहर छिरिसक्यौ,
गाउँका भाइ गाउँमै रमाई रहेछन्।
तिनकै बोली बोलि रहेछन्,
विभिन्न रंगमा रंगिएका ती सबै,
आ-आफ्नै बाजा बजाई रहेछन्।
हेर्दाहेर्दै बाबुनानी नि युवा भए,
केहि श्रमिक भई खाडी गए,
केही गाउँ मै,पार्टीको रंग मै रमाई रहे ।
कहिलेकाँही लाग्छ,
किन पढेँ होला।
गाउँघरमा भाइहरु त,
रमाई रहेछन्
तँ चाँहि मरिच भई,
किन चाउरी परि रहेछस्।
के वास्तवमा बुझ्नु को,
कुनै अर्थ छ यहाँ?
के को बुझ्नु?
नयाँ लय र पद्धतिमा सम्झाउने छँदै छन्,
हिजो बाजेलाई ठगे,आज नातीसँगै छन्।
देश र जनताको नाममा,
दलीय स्वार्थ,विकृति र विसङ्गतिले,
हिजोभन्दा आज गरिब भए
धनले त हिजो नै थियो, मनैदेखि खिन्न भए।
हिजो निरपेक्ष, नजान्ने हामी,
आज केही बुझ्दा अझ बढेको छ पिर।