मान्छेहरू किन खुल्न चाहँदैनन्?
के उनीहरूलाई आफू खुलेको मन पर्दैन?
आफ्ना भावना पोख्न मन लाग्दैन?
कि त आफ्नो भावनाको उचित मूल्यांकन नहुने डर छ उनीहरूमा?
कि आफ्नो वास्तविक खोलिने डर छ
या मान्छेका नजरबाट रुखबाट पात छुट्टिए जसरी छुट्टिने डरले
एक खुल्न नचाहने मान्छे कलमजस्तै हुन्छ होला सायद
जसरी खादिएर रहेका हुन्छन् कलमका सुइरामा मसीहरू
त्यसरी नै रहेका होलान् मान्छेका मनमा व्यक्त हुन नसकेका कुराहरू
निमले अढाएजस्तै मसिलाई, अढाएको होला
डर, संकोचले मान्छेको मनमा कुराहरू
दबिएर रहेका मसिहरू निम हुँदै खाली पानामा ओकलिँदा
खुब सुन्दर देखिन्छ न कि आफै छादिए निस्केको भन्दा
खुल्न नचाहनेहरू सायद त्यही खुल्ला पानाको खोजीमा रहेका होलान्
जहाँ उनीहरू पोखिन सकुन बिना कुनै डर, बहुत जोडले,
वेगले जसरी उड्ने गर्छन् चराहरू खुला गगनमा
आफै विस्फोट हुन पहिले
खुल्न चाहनेको लागि एक खुल्ला पाना बन्ने कोसिस गरौँ
म प्रयास गर्नेछु, हजुर नि?