इमान बिक्री हुन्छ यहाँ
निर्मल हृदयलाई कुनाममा दफन गर्छ समाज
मेरो शिष्टताको अंश कहाँ राखुँ?
जताततै बेइमानहरू छन्
खेतमा दलाल र सडकमा किसान उभिएका छन्।
एक पटक
आउनुहोस् र हेर्नुहोस्
सीमाको जवान र खेतको किसान मारिएको
हृदयविदारक छ दृष्य
भोकले टाँसिएको आन्द्रा बोकेर बाँझो खेतमा
हामी आशा रोप्छौं
हामी किसान हौं
शान्तिले कहाँ सुत्न सक्छौं र?
संसारलाई खुवाउने तर भोकले मर्ने अरु कोही छ?
त्यो हामी मात्रै हौं
अर्थात्, हामी किसान।
जब उनीहरूले भोट लिए
देशको लालपुर्जा बोकेर रातो कार्पेटमा दौडिए
आफूलाई ईश्चरको दूत घोषणा गरे
उनीहरूको कुनै जिम्मेवारी छैन
दायित्वबोध छैन
मात्र स्वार्थ छ
स्वार्थलाई उनीहरूले पवित्र घोषणा गरेका छन्
उनीहरू आफ्नै विगतका भ्रममा बाँचिरहेका छन्
आफूले सबैथोक जितिसकेको ठान्छन्
मातृभूमिलाई आफ्नो उपनिवेश मान्छन्
किसानलाई दोस्रो दर्जाको नागरिक ठान्छन्
राष्ट्रवादको नाराले लुटिएका हामी
गुलाम बनेर हेरिरहन्छौं
ती स्वार्थी कन्सुत्लाहरू।
दासताको साङ्लोमा बाँधिएर
कायर बन्नु कदापि ठिक होइन
धूप बालेर घण्ट बजाउनुभन्दा
आफ्नै रगतले सिँचित गर्नुपर्छ मातृभूमि
एउटा यस्तो जीवन बाचुँ
जसको मालिक हामी आफै हौँ
यति सामर्थ्य हुँदाहुँदै नसुत्नुहोस्, उठ्नुहोस्
थोरै सोच्नुहोस्
आज पनि
जब हामी मुक्तिको एलान गर्छौं
कतै टाढा बसेको
शत्रु डराउँछ, काँप्छ
तपाईंको वाहवाहले सबै स्वाहा भइसक्यो
जाग्नुहोस् मानसिक गुलामीबाट
पक्कै नयाँ बिहानी आउनेछ
जहाँ वास्तिक नेपाल रहनेछ।