सामाजिक सञ्जालबाट जाेडिएका हामी। पहिले अपरिचित थियौं। तर कताबाट हामी साथी भएछौं । र पनि हामीबीच बाेलचाल थिएन। एकपटक मैले नै उसलाई पहिलो पटक बाेलाएकाे रहेछु।
त्याे पनि एक साहित्यिक कार्यक्रमकाे लागि मेरा फेसबुक साथीहरूलाई ्म्याेसज फर्वाड गर्दा उसलाई पनि त्याे म्यासेज गएछ। उसकाे जवाफ थियाे- ‘साहित्य लेख्दिनँ’ त्याे पछि हामी मौन थियौं।
त्यसकाे सायद ३-४ महिनापछि नै उसले फेसबुकमा अलि आक्राेशित उसकाे स्टाटस देखेँ। स्टाटस थियाे- उसकै ठाउँ तिरकाे मान्छेले उ माथि अपवाद वा अन्जानमा केही लान्छना लगाएजस्तो थियाे। तर त्यसकै कमेन्टमा लान्छना लगाउनेले नै गल्ती महशुस गरेकाे प्रतिक्रिया दिएकाे देखेपछि मलाई पनि केही लेख्न मन लाग्याे।
तर म उनी कसैलाई चिन्दिँनथे तर सामाजिक संजालकाे भाडाेमा के के आउँछ है! विषयवस्तु अनुसार मनमा लागेकाे कुरा लेख्ने ठाउँ पनि त्याे भाडाेमा छ नै। अनि मैले लामै कमेन्ट लेखेकाे थिए। त्यहि कमेन्टकाे जवाफ उसले पनि वाह! भन्दै आभार प्रकट गरि।
त्यसकाे केही घण्टा पछि म्यासेन्जरमा कल आयाे हेर्दा नाम नयाँ लाग्याे किनभने उसकाे मेराे पहिला कुरा नभएकाले हाेला। मैले रिसिभ गरे उसले भन्न थाली-`सर नमस्कार! आहा कस्तो कमेन्ट गर्नुभएको म आवेगमा आएकिलाई पनि शान्त हुने बनाउनु भाे, हामी तीन पक्षकै हितमा लेख्नु भाे धन्यवाद! अनि हजुरले उसलाई चिन्नु हुन्छ र ? अनि म स्कुलमा छु हजुरकाे नम्बर पठाउनु मैले सबै कुरा हजुरलाई बताउला म पछि नम्बरमा कल गर्छु यहाँ नेटले त्यति काम गर्दैन।´ उसले एकहाेराे सर्लकै पारेर भनि।
एकछिन म केही बाेलिन! र मैले भन्न सुरु गरे-`म तपाईंलाई लगाएत उनिहरुलाई पनि चिन्दिन तर तपाई फेसबुक साथि हुनुहुन्छ उनिहरु छैनन। मैले मनमा लागेकाे लेखेकाे हु तर हजुरले कसरी लिनुभयाे। र त्यसै गर्दा उचित नि हाेला। अनि नम्बर भन्दा पनि काम परे म्यासेन्जरमै भन्नुहाेला।´ उसले यतिकैमा हवस् ! भन्दै फाेन काटि।
मैले साेचे स्कुलमा छु भन्छे मास्टरनी हाे कि विद्यार्थी हाे तर कमेन्ट देखेरै कल गरि अझै नम्बर माग्छे के गर्नि हाेलि झन उल्टाे फर्सादमा त परियन ? मनमा लाग्न थाल्यौं। अनि बल्ल मैले उसकाे फेसबुक प्राेफाइल हेरे देख्दा उमेरले म भन्दा अगाडिको नै लाग्याे। ऊ शिक्षिका हुन सक्ने अनुमान गरे। जिल्लाले हामी जाेडिएका थियौं तर उ कुन ठाउकाे एकिन थिएन।
त्यसपछि उसले म्यासेज गर्न थाली फेरि कुरा उहीँ कमेन्टकै भए च्याटमै त्यसैगरि हामी लगातार च्याटमै बाेल्दै गयौं। तर म म्यासेजकाे जवाफ ढिला दिन्थे उस्तो त २/३ दिन पछि दिन्थे त्याे चाहेर हाेइन कि म अलि व्यस्त भएरै हाे। उसकाे जवाफ मात्रै हैन मेराे म्यासेजमा आउने समाचार विवरण बाहेकका अन्य कसैकाे पनि म्यासेज म त्यति वास्ताका साथ नहेर्ने बानी जस्तै लागि सकेको छ किनभने म पत्रकारितामा कलम चलाइरहेकाे छु भने अनलाइन पत्रिका संचालन गरिरहेकाे छु।
त्यसपछि मैले उसकाे जिल्लाकाे समाचार मैले उसकाे म्यासेन्जरमा पठाउथे उ बाट ठिक छ वा गुड न्युज यस्तै जवाफ आउथ्याे। भनौं भने हामी बिच कुनै प्रसंगमा रहेर कुरा नहुने कहिले काहीँ हेलाे! हाई! अनि त्यसकाे महिनौपछि पनि त्यहि चल्दै थ्याे। यस्तै कुरा हुँदै गर्दा एक दिन उसले कल गरि म्यासेन्जरमै त्यतिबेला हामी बिच खास पहिचान गर्न परिचय कार्यक्रम जस्तै भयाे। सबै व्यक्ति विवरण आदानप्रदान भयाे। उ पेशाले शिक्षिका अझ विद्यालयकाे प्रधानाध्यापक रहिछे। त्याे सबै विद्यालयकाे नाम ठेगाना सहित खुलाई। मैले नि सबै मेराे परिचय खुलाए।
र पनि फेरि बिचमा कुराकानीले निरन्तरता पाएन। परिस्थितिले गर्दा उसकाे बुढाेलाई प्रहरीले नियन्त्रणमा लियाे। उसकाे बुढा सामाजसेवा अग्रसर हुने एक पात्र रहेछन। त्यहि कामकै सिलसिलामा झुट्टा अभियाेगमा प्रहरीले नियन्त्रणमा लिएपछि समाचार प्रयाेजनका लागि प्रहरी मार्फत मलाई विवरण प्राप्त भयाे जहाँ उसकाे ठेगाना संगै बुढाकाे नाम थियाे। म झस्किए! अनि फेसबुक त्यहि मास्टरनीलाई खाेजे तर उसकाे त्याे आइडी झन्डै ३/४ महिना अगाडिदेखि कुनै गतिविधि पाेष्ट नभएको देखे। तर पनि मैले उसलाई म्यासेज पठाए। खास केहाे भन्दै, अह! त्याे बाट कुनै प्रतिक्रिया आएन। किनभने उसले त्याे चलाउन छाेडेर नयाँ खाेलेकि रहिछे उसकाे पुरानाे आइडि खाेतल्दा त त्यहिमा ट्याग गरेकाे देखेपछि नयाँमा म्यासेज गरे।
उसकाे जवाफ आयाे- `हाे प्रहरीले लिएको छ, त्यसको केही समयपछि उसले कल म्यासेन्जरमा कल गरेर भनि -`म प्रहरी कार्यालयमै छु उहाँ भित्र हुनुहुन्छ, तपाईंलाई याे आइडिबाट खाेजेर साथि बनाउन साेचेकि थिए तर हजुरले नै सम्पर्क गर्नुभयाे धन्यवाद।´ भन्दै उसकाे बुढाे माथि लागेकाे बेलिविस्तार सुनाई झन्डै आधा घण्टा मजाले गफ्फियौं हामी। त्यसपछि प्रहरीले दिएकाे विवरणका आधाममा मैले तयार पारेकाे समाचार पठाए उसले सेयर पनि गरि।
केही दिनपछि उसकाे बुढाे निर्दाेष भएको भन्दै प्रहरी नियन्त्रणबाट छुटे र उसले मलाई नि भनेकि थिई। त्यसपछि हामी बिच अलि बढि रुपमा कुरा थाल्याे तर उसकाे जिस्किने बानी रहेछ बेलाबेला जिस्कन्थि पनि उ जिस्केपनि म भने खासै केही बाेल्दैन्थे। उ सधै भन्थि- `म तपाईंको एउटा फ्यान हु, तपाईं भित्र भएको लेखन शैलीबाट यथार्थ झल्काउनु हुन्छ त्यसैले म तपाईंको फ्यान हु, तपाईं कसरी बुझनु हुन्छ बुझनुस।´ भन्छे।
उसलाई म सामान्य भएको भन्दै त्यति धेरै आकर्षित नहुनुस भन्दा उ भन्थि-`कि हाे खै तपाईं म संग त्यति नबाेले पनि म हजुरलाई फेसबुकबाटै हरसमय नियाल्ने बानि परेकाे छ, नाम सर्च गरेरै हेर्छु, बाेलाउ भन्छु प्रसंग बिहिन बाेलाउन आँट पर्दैन, यस अर्थमा तपाईं मेराे अभिवावक जस्तो लाग्छ।´ उ भन्छे तर म उसले फुर्क्याए झै लागेर त्यसाे हाेइन संयमित हुनुस भन्थे।
फेरि केही समय हामी बिच कुरा भएन कुनै सामाजिक प्रसंकाे कुरामा फेरि बाेलेपछि उसले साेधि तपाईं कहाँ हुनुहुन्छ अहिले ? म भन्छु किन र ? उ भन्छे तपाईं विदेश भएको सपना देखे आज।
लौ भाे त अब! साच्चै म विदेशमै भएको तर उसले सपनामा कसरी थाहा पाई। जहाँ उ संग र म संग परिचित नजिकैको मान्छे काेहि छैन। कसले भन्याे कि भन्ने सम्भावना नै छैन। म अलमलमा परे। र भने-` साच्चै सपना देखेकाे कि मलाई गफ लगाएकाे बरु भन्नुस कसले भन्याे, हाे म विदेश छु।´ उ किन त्याे स्विकार गर्थि र उल्टै कसम पाे खान थाली अनि मैले भने `तपाईं भित्र केही शक्ति अवश्य छ।´
उसले सिधै भनी `शक्ति हाेइन, सायद तपाईंले मेरा म्यासेजकाे बेवास्ता गरेपनि म तपाईं प्रतिकाे आकर्षणकाे परिणाम हाेला, तपाईं मलाई जसरी हेर्नुस तर म तपाईं संग असल साथि र अभिवावककाे पहिचान सहित हजुरसंग नजिक हुन चाहान्छु।´ उसले धेरै पछि आँट गरेर भनेकि छु भन्दै भनी।
अब म के गर्नु सकारात्मक साेचले उसले भनेपछि र फेरि उ शिक्षिका पनि जाे बुद्धिजीवी र पवित्र पेशा हाे। तसर्थ मैले उसलाई भने `म संग बाेलि राख्ने समय हुदैन, उसाे भए कहिलेकाही बाेल्दै गरौला नि समय मिले सम्म।´
हवस् भनेकि उ पनि त्यसपछि त्याे म्यासेजमा अर्काे म्यासेज थपिन र मैले पनि थपिन केही दिन मौन रहेका हामी त्यसपछि उसले बिचबिचमा केही दिनकाे अन्तर राख्दै म्यासेज गरिरहन थाली मेराे जवाफ ढिला नै जान्थ्यो। जवाफ म्यासेज ढिला यतिसम्म कि २/३ दिन पछि जवाफ दिन्थे म हर समय अनलाइनमै भएर पनि जवाफ दिने समय मिल्दैन थ्याे। तर पनि उसले म प्रति शिष्ट स्वभावमा मेराे व्यस्तता बारे बयान गर्थि म्यासेजमै।
भन्थि - `तपाईलाई अनलाइनमै देख्छु, म्यासेज लेख्छु र म्यासेज जान्छ पनि तर सिन हुदैन मैले तपाईंको व्यस्तता राम्रोसँग बुझेकि छु र हजुरप्रति गुनासो गर्न मन मान्दैन फेरि हजुर एकपटक बाेल्दिए मात्रा हुन्थ्यो जस्तो लाग्छ म्यासेज नगरी मन मान्दैन, खै तपाईंले बेवास्ता गर्दा गर्दै मेराे मनमा कसरी प्रिय हुनु भयाे म आफैंलाई थाहा छैन।´ उसले प्रेम भाव पाेख्न थाली।
यस्ता माया प्रितका अनेक शब्दमा मलाई उसले बहकाउन लागिरहि म भने उसलाई मजाक नगर्न, संवेदनशील र सतर्क रहन पटकपटक भने तर उसकाे जिद्दी प्रेममय रहि रह्यो। झन उसले प्रेममय साहित्यक छालहरु प्रहार गर्न सुरु गर्दै भन्छे-`मैले जिस्किदा पनि हजुर कति सचेत भई सम्हाल्निु भएको छ किन ? प्रश्न गर्थी म भन्छु-` प्रेममय समय बिताउन समय दिनुपर्छ तर म संग त्यति समय हुदैन सायद मेराे यहि गलतीले मेरा यसअघिका केही सम्बन्ध दाेधारमै छन र म हजुरसंग कसरी प्रेमिल कुरा गरु।´
तर त्यसलाई पनि उसले माथि राख्दै भन्छे `हजुर म संग बाेले मात्रै पनि मेरा हरेक काम सफल हुने मैले अनुभव गरिसकेकि छु र म बाेल्न चाहान्छु तपाई नबाेल्दा तपाईंको फेसबुकका अनेक गतिविधि हेर्छु र पहिला पनि म तपाईंलाई फेसबुकमा सबै हेरिरहन्थे।´
त्यसैगरी हाम्रा ढिलाे चाडाे कुराहरु हुँदै गए। उसले यति सम्मकि उसका हरेक वास्तविक मनका कुरा आफै भन्न सुरु गरि। मैले साेधेकै छैन। तर उसका घरायसी देखि लिएर हरेक कुरा यतिसम्म उसले कसैसँग गरेका च्याट कुराहरुकाे समेत स्क्रिन सर्ट पठाउन थाली। मलाई लाग्थ्यो किन गर्छे यसले ? मलाई के साेच्छे हाेला ?
हरेक दिनप्रतिदिन उसकाे म प्रति प्रेम बढिरहेको भाव उसले देखाउथि उ भान्थि म तपाईंलाई जीवन साथि हैन जीवन भरिकाे साथि बनाउन मन छ म तपाईं चाहान्छु। अब उसलाई म के निर्णय दिउ म दाेधारमै थिए। तत्काल मैले निर्णय केही दिएन। फेरि उसकाे एउटा बानी जाे अहिले सम्म पनि छ। बिचबिचमा उसले धम्कीपुर्ण कुरा गर्छे तपाईं हामी यसरी प्रेमिल हुन ठिक छैन टाढिनु पर्छ, किनभने पछि हामी भेट हुदा वा अनेक सम्बन्धबाट छुटन गाह्राे वा सिमा बाहिर गइयाे भने अप्ठ्यारो पर्छ छुटिम है कान्छू, प्रिय, सचेत हुन्छे।
मैले उसलाई भने हामी बिग्रने गरि कुरा भएको छैन त्यसाे हुदैन सकारात्मक कुरा हुदैमा र कहिलेकाही बाेल्दैमा के अप्ठ्यारो हुन्छ। फेरि जब सम्म मैले उसलाई स्विकारेकाे थिइन। त्यतिबेला सम्म उसलाई एउटा फेसबुके साथिकाे रुपमा मात्रै लिएको थिए।
पछिल्लो समय उ झन प्रेमिल बन्दै गई यतिसम्म कि मलाई उसले सम्झेर मात्रै आफ्नाे दैनिकि सुरु गर्छु भन्छे। तपाईं मेराे म्यासेन्जरकाे सुरुमा सधै हुनुहुन्छ हरेक समय तपाईंको फेसबुक नियाली राख्छु, अब अति भयाे म बिर्सने प्रयास गर्छु यदि तपाईं मलाई बेवास्ता गर्नुभएको छ। आजका मितिबाट म एक महिना अब नबाेल्ने प्रयास गर्छु याे अन्तिम म्यासेज हाे बाई। यसाे भनी। अब मैले साेच्नुपर्ने नै भयाे।
उ एउटा सम्पन्न परिवारकाे सदस्य हाे, आमा बनिसकेकि, पेशाले शिक्षिका त्याे विकट गाउँले परिवेशकाे उसकाे आफ्नै सवारी साधन हाँकेर हिडने रहेछ तर म प्रति उसकाे यत्राे लगाव देखेर हजार पटक साेच्न बाध्य भए।
किनभने म कुनै सामान्य परिवारकाे मान्छे, आमाबाबाकाे मायाकाे अनुभव नै गरिएन एउटा टुहुराे मान्छे हरेक ठक्कर खाएकाे, श्रीमती गृहणी, दुईवटा बच्चाकाे बाबा आर्थिक समृद्धिकाे सपना बाेकि प्रदेशियकाे म तर बाहिरी पहिचान मेराे पत्रकारिता रह्यो । पत्रकारिता क्षेत्रमा आउने मेराे पहिलेकै सपना अनुसार रेडियोकाे ग्रामीण रिपोर्टिङ देखि मार्केटिङ हुँदै अहिले जसाेतसाे आफ्नै मिडिया कम्पनी मार्फत अनलाइन पत्रिका संचालन गरेकाे छु। हाे, यहि हाे मलाई समाजले चिन्ने पहिचान।
हामी बिच उमेरकाे त्यस्तै अन्तर जहाँ म भन्दा उ झन्डै ७/८ वर्षले अगाडिको छ। तर उसकाे प्रेमिल भावले मलाई पनि खिच्न सफल भई भनौं। मैले पनि उसले देखाएका सुरुदेखिका भाव सम्झिए। यसले मलाई यस्तो एकतर्फी प्रेम गर्दा गर्दै मैले यसलाई निर्णय दिनै पर्छ अब उसकाे हरेक बानी हेर्दा विश्वासमा कुनै कमि छैन त्याे उसका गतिविधिबाट पहिले बुझिसकेकाे छु। उसका कुरा अनुसार माया भन्ने हाे भने मेराे जिन्दगीमा कसैले मलाई माया गर्छ भने उसकाे भन्दा बढी गर्ने पक्कै छैनन। उसलाई तडपिन दिनु भन्दा स्विकार गर्नु उचित ठाने धेरै पटककाे साेचाई पछि मात्रै।
तर उसले एक महिना मलाई बिर्सन प्रयास गर्ने भन्दै बिदा मागेर बाेल्न छाेडिसकि अब म दाेधारमा उसलाई मैले यति पीडा किन दिएछु। साच्चिकै म बाट पिडित भई अब उसलाई म बाेलाउनु पर्छ तर प्रेमभावले हाेइन अन्य प्रसंगमा मैले साेचे।
म समाचार अपडेटकै क्रममा उसले एक महिने बाचा गरेकाे झन्डै हप्ता भित्रमा उसकाे ठाउँ तिरकै प्रसंग फेला पर्याे र मैले त्यहि साेधबुझ गर्न भन्दै उसलाई बाेलाए र बाेलि पनि फेरि कुरा सुरु भयाे। उ फेरि प्रेमिल भाव नै देखाउन सुरु गरि भन्छे म नबाेले पनि सर्च गरिगरि म हजुरलाई हेरेर बस्थे। झन भावुक बनाई। धेरै साेचपछि म उसलाई उसले चाहे जसरी स्विकार्न तयार भए।
र उसलाई भन्दिए - `ल ठिक छ आजबाट हामी बिच विशेष सम्बन्ध सुरु भयाे। अब म तपाईंलाई जसरी पनि हल्का समय दिने प्रयास गर्छु।´ तर उ भन्छे-` अहँ! पर्दैन बाध्यतामा किन आउनु हुन्छ अहिले हामी सजिलै छुटिन सक्छौं। कुराकानी नगरौं। म तपाईंलाई बिर्सने प्रयास गर्छु।´ उसकाे जिद्दी र प्रेम संगै थियाे।
मैले भने तपाईं साेचेर निर्णय गर्नु म केही भन्दिन। त्यस्तै हुदाहुदा च्याटमा हाम्रो कुरा काटाकाट भयाे। र कलमा पहिला हामी त्यति नबाेलेका हामी त्याे एक रात कलमा कुरा भयाे कतिबेला अडियाे त कतिबेला भिडियो। त्याे समय हामी धेरै निकटतम भएर खुलेरै बाेलियाे जहा त्यति बेला सम्म मैले उ माथि शिष्टता कायमै राखेकाे थिए तर त्याे समय तिमी पहिलोपटक भनेर सम्बाेधन गरे उसले भने पहिले देखि नै प्रेमिल भावमा हुदा तिमी र त भन्थि भने सामान्य कुरा गर्दा तपाई भनेर सम्बाेधन गर्थि।
कुरा उनै हुन प्रेमिल छुटने कसरी, जुटने कसरी र व्यवस्थापन कसरी हुने उसकाे प्रश्न नै बनेकाे थियाे। रातकाे करिब ११ बजेबाट कलसुरु भएको हाम्रो बिहान ३ बजेसम्म चल्याे त्याे बिचमा हाम्रा पहिलाेपटक सेक्सीयुअल कुरा समेत भए। तर फेरि उसकाे दिमाग घुमेछ हामी यसाे गरेर सम्बन्धमा बसेपछि हामी छुटिन गाह्राे हुन्छ पछि। अहिले पनि म तपाईंकाे याद बिना केहि काम नै गर्न सक्दिन भने भविष्यलाई हेरेर हामी छुटिए पछि दुवैको हित हुन्छ हाेला। उसले म संग बिन्ती बिसाइ।
सुत्ने समय गइसकेकाे थियाे उसकाे भाेलिपल्ट बिहान शिक्षा सम्बन्धि तालिममा सहभागी हुनुपर्ने कुरा सुनाई म पनि आफ्नाे काममा जानू पर्ने सुत्ने समय थाेरै मात्रै बाकी रह्यो उसले भनी अब टाढा बनम नबाेलम कान्छू म बिर्सने प्रयास गर्छु तपाईंलाई त केही पनि छैन भन्दै अन्तिम ठाेस निर्णयमा पुगिएन तर उसले भनी अब नबाेल छुटिम फाेन कटयाे।
उसलाई मैले म्यासेजमा साेचेर निर्णय लिनु भन्दै उसाे भए अहिलेसम्म मैले हजुर माथि शिष्टता मिचेर अनेक सम्बाेधन गरे, तिमी सम्म झारे, सेक्सीयुल कुरा नि खुलेर नै भए यी सबै गलतीकाे लागि हजुरकाे पाउ परेरै माफि मागे। तर हजुरले सधै चाहेकाे छुटिने रहर पूरा नभए सम्म पटकपटक त्यहि कुरा जाेडन छाेडनु भएन। यदि हामी बिच दुरि बढाए तपाईंको जिवनमा नयाँ प्राप्ति मिल्ने र हामी नजिक भए घटने हाे भने तपाईं हर इच्छा खुशीकाे लागि मैले नि सहमति दिनुपर्छ नै बाकि दिनहरु सहजै र सफलै बिताउनु, जिन्दगीमा कहिल्यै पनि मेराे याद नआवस बरु हजुरकाे नजरमा एक अपराधी भएर घृणित भई तपाई भन्दा तल दब्न चाहान्छु। तपाई खुशीमा फुरेकाे हेर्न चाहान्छु त्यति भए तपाईबाट पाउने सर्वस्व पाए झै मान्ने छुु।´
अनि सुतेका हामी बिहान मैले बाेलाए कहाँ हाे ? उ: तालिम हल पुगिसके।
त्यसपछि मैले दिउसाे पनि उसलाई बाेलाइराखे तर धेरै बाेलिन मलाई लाग्याे अब बाेल्दिन हाेला। राति फेरि कल आयाे उ भन्छे कान्छू तिमिलाई छाेडन सकिदैन तिमी नबाेले पनि म्यासेन्जर नाम हेर्दा मात्रै संगै भए जस्तो लाग्छ। आज तालिममा दाइ हुनुहुन्थ्यो उहाँले मेराे आफ्नै दाइ हाम्रो प्रशिक्षक उहाँ नै हाे। उहाँलाई मैले तिमी नै सम्झिए यदि उहा दाइ नभएर अरु काेहि हुन्थ्यो भने त्यहि म उसलाई अंगालो मार्थे कालू तिमिमा कसरी म यहाँसम्म पुगे मेराे तिमि जिवनभरीकाे साथि हौँ।
उसकाे कुरा सुन्दा लाग्छ कुनै सिरियलकाे पात्र बनेकि जस्तो तर हाे उसकाे विगतका म प्रतिकाे भाव उस्तै देखाएको सम्झिए। मैले उसलाई त्यति गहिराई पुगेर कुनै अप्ठ्यारो पर्छ कि भनेरै स्विकारेकाे अनि फेरि छुटिने कुरा आफै गरेपछि दु:ख पाइन्छ भने।
उसले पनि नछुटिने अठाेट गरि त्यसपछि हाम्रा अनेक प्रेमिल कुरा हुँदै अर्काे दिन रातमा मजाले गफिने कुरा भयाे त्याे भाेलिपल्ट दुवै जना फुर्सदमा हुने हुदा मजाले जति समय बाेले नि हुने थियाे। त्याे रात मैले मेराे बाल्यकाल देखिकाे अवस्था सुनाए। उ रुन सुरु गरि अब म हजुरलाई कहिले पनि मन दुख्ने कुरा गर्दिन। तपाई उमेरले म भन्दा सानाे भए पनि पीडा देखि हरेक कुरामा अगाडि नै देखे र अहिलेसम्म मैले मन दुखाएकाे भए सरि है। उ भन्छे। उसकाे बारेमा पहिले नै उसले सबै मलाई थाहा दिइसकेकि थिई।
उसले भनी तपाईं आज देखि मेराे एक अंग हाे। हाम्रो भेट कहिले हुन्छ हाेला एकिन नै छैन तर हामी टाढा भएको आभास नहुने गरि हामी बसम हामी अब सु:ख दु:ख देखि सेक्सीयुअल पार्टनर बनेर बस्ने हाे। तर परिवार भने पहिलो प्राथमिकतामा त्यसपछि मात्रै हामी दुई हौँ हुन्छ नि! कान्छू! राजा! मेराे ज्यान! माया! उसले यति धेरै सम्बाेधन गर्दै भनी।
त्यसपछिका हाम्रा हरेक दिन प्रेमिलमय छन। तर भौतिकरुपमा भेटघाट छैन। हरेक कुरा भएको समयमा वादविवाद पनि चलिरहन्छ। भेट गर्ने झन्डै २ वर्ष लाग्ने समयवधि हामी संग छ। जतिबेला सम्म हामी यसरी नै संजालबाट मायाकाे याे झुपडीलाई बचाउदै महल बनाएर बिहेवारि पछिका सफल प्रेमि जाेडि जाे बन्नु छ।
(सम्बन्धलाई गलत स्वार्थका लागि प्रयाेग गर्नु अपराध हाे भने, जिम्मेवारी र नैतिकता बुझेर सारथीकाे भुमिकामा सम्बन्ध राखिन्छ भने दुवैजनाकाे जिन्दगीको एउटा दाेस्राे आधार हाे।)