स्वतन्त्र चरा उफ्रन्छ त्यो शून्यमा
हावाको पछाडि र तल झर्छ
शून्यताको अन्त्यसम्म
र आफ्नो पखेटा डुबाउँछ
अस्ताउन लागेको सूर्यको किरणहरूमा
र हिम्मत गर्छ आकाश मेरो भनी
तर एउटा चरा जो बस्छ
आफ्नो साँघुरो पहेली तल
विरलै देख्न सक्छ उसको सपना
उनको क्रोधको बारहरू
उसको पखेटा काटिएको छ
र उसको खुट्टा बाँधिएको छ
तर उसले गाउन गला खोल्छ
किनकि त्यो बाँधिएको छैन
खोरमा थुनिएको चराले स्वर मिलाउँछ
एक-एक विरहको भावको कथा
अज्ञात चिजहरूको संगीत
तर चाहन्थे र उनको धुन सुनिन्छ
टाढाको पहाडमा पिँजडामा राखिएको
चराको लागि स्वतन्त्रताको गीत गाउँछन्।
स्वतन्त्र चराले अर्को हावाको बारेमा
सोच्दछ र व्यापारिक हावा सुस्काइरहेका
रूखहरूबाट नरम हुन्छ र मोटो
किराहरू बिहान उज्यालोमा पर्खिरहेका छन्
र उसले आकाशको न्वारान आफ्नै गर्छ।
तर सपनाको चिहानझैं छ पिँजडामा
चरा उभिएको छ उसको छाया दुःख स्वप्न
चिच्याउँछ, उसको पखेटा काटिएको छ
खुट्टा बाँधिएको छ, त्यसैले उसले गाउन
आफ्नो गला खोल्छ स्वतन्त्रको लागि
थुनिएको चराले गाउँछ स्वतन्त्रको गीत
एक विरही भाकाको संगीतमा
अज्ञात चीजहरूको संयोजन तर अझै
ती चाहन्थे र उनको धुन सुनाउन र सुनिन्छ
टाढाको पहाडमा परावर्तन हुन्छ
पिँजडामा राखिएको चराको आवाज
ती अझै स्वतन्त्रताको गीत गाउँथे, गाउँछन् र गाउनेछन्।